आज साउनको पहिलो सोमबार, गाइघाटमा भक्तजनको पूजापाठ (तस्बिरहरु)
पाेखरा | साउन ५, २०८२
पोखरा: आज साउन महिनाको पहिलो सोमबार । हिन्दू धर्मावलम्बीहरूका लागि पवित्र मानिने यस साउन महिनाको पहिलो सोमबार शिवमन्दिरहरुमा पूजापाठ गर्ने भक्तजनहरुको घुँइचो लागेको छ ।
पोखरा महानगरपालिका १ गाइघाटमा पनि भक्तजनहरूको घुइँचो देखिएको छ ।
विशेषगरी, साउन महिनाभर भगवान शिवको पूजाआराधना र महिमा गाउने परम्पराअनुसार भक्तजनहरू शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउन व्यस्त देखिएका छन्।
गेरुवस्त्र धारण गरी खाली खुट्टै गाइघाटबाट जल लगी बैदामस्थित केदारेश्वर मन्दिरको शिवलिङ्गमा चढाउने चलन छ।
सुनगाभा न्यूजको लेन्सबाट हेर्नुहोस् तस्बिरहरु:-
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...
काठमाडौं: काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...
पोखरा: पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागित...

